Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तमु धीं यूकेद्वारा रसुवाका ३०८ बाढीपीडित परिवारलाई राहत

तमु धीं यूकेद्वारा रसुवाका ३०८ बाढीपीडित परिवारलाई राहत

इच्छाकामना न्युज

८, आश्विन २०८३
तमु धीं यूकेद्वारा रसुवाका ३०८ बाढीपीडित परिवारलाई राहत
images
नुवाकोट । तमु धीं यूकेले रसुवाको उत्तरगया गाउँपालिका–१ का बाढीपहिरो पीडित ३०८ परिवारलाई राहत सामग्री वितरण गरेको छ।
बाढीपहिरोपछि विस्थापित भई नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारमा अस्थायी टेन्टमा बस्दै आएका परिवारलाई बुधबार राहत सामग्री वितरण गरिएको हो। तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा रहेको टोलीले बुधबार रातिसम्म विभिन्न अस्थायी आवासमा पुगेर पीडित परिवारलाई राहत उपलब्ध गराएको थियो।
822276538_10175809759285651_577297714010121762_n.jpg
 
गाउँपालिका उपाध्यक्ष चमेली गुरुङको उपस्थितिमा पिपलटारमा रहेका चारवटा अस्थायी टेन्टमा राहत वितरण गरिएको थियो। राहत सामग्रीमा दाल, चामल, नुन, तेल, ब्ल्याङ्केट र प्याडलगायत दैनिक उपभोग्य तथा आवश्यक सामग्री थिए। प्रत्येक परिवारलाई सबै सामग्री एक–एक थानका दरले वितरण गरिएको थियो।
 
तमु धीं यूकेले यसअघि बेलायतबाट नेपाल आएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो। पीडित परिवारलाई प्रत्यक्ष भेटेर राहत वितरण गरिएको तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले जानकारी दिए।
822298562_10175809758995651_1204182371256029400_n.jpg
 
राहत सामग्री पाएपछि पीडित परिवारले खुसी व्यक्त गर्दै तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। साथै, सहयोगी संघसंस्थालाई पीडितको आवश्यकताअनुसार थप सामग्री उपलब्ध गराउन उनीहरूले आग्रह गरेका छन्।
 
गत भदौ १० गतेको बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराएकोमा धन्यवाद दिँदै गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले आगामी दिनमा पनि पीडितका लागि सहयोग निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गरिन्।
819717850_10175809759600651_2572601579090331476_n.jpg
 
राहत वितरण कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव बिमल गुरुङ र नेपाल संयोजक विजय गुरुङ सहभागी थिए। स्थानीय युवा सुब्बा लामाले राहत वितरणमा सहजीकरण गरेका थिए।

images
प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - १८:५९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology