Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

पानीको बहाव अत्यधिक बढेपछि नारायणी पुलमा सवारी साधन सञ्चालनमा प्रतिबन्ध

पानीको बहाव अत्यधिक बढेपछि नारायणी पुलमा सवारी साधन सञ्चालनमा प्रतिबन्ध

इच्छाकामना न्युज

११, आश्विन २०८३
पानीको बहाव अत्यधिक बढेपछि नारायणी पुलमा सवारी साधन सञ्चालनमा प्रतिबन्ध
images

नवलपुर। नारायणी नदीमा पानीको बहाव अत्यधिक बढेपछि नारायणी नदी पुलमा अस्थायी रूपमा सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । 

images
images

नवलपुर प्रहरीका अनुसार नारायणी नदीको बहाव बढेको र अझै बढ्ने क्रम  जारी रहेकोले  सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा सवारी साधन तथा आवतजावतमा समेतमा  प्रतिबन्ध लगाइएको हो ।

नारायणी नदीमा निरन्तर पानीको सतह बढी रहेको छ । यहाँ पानीको तह उच्च तहमा पुगेको छ । यता कालीगण्डकी नदीको पानी कालीगण्डकी कोरिडोरको सडकसम्म आएपछि कालीगण्डकी कोरिडोरमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - १४:०६:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology