Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आजदेखि विधिवत रुपमा होली पर्व सुरु

आजदेखि विधिवत रुपमा होली पर्व सुरु

सिआईएन

८, चैत्र २०७७
आजदेखि विधिवत रुपमा होली पर्व सुरु
images

काठमाण्डौं, ८ चैत्र । देशभर आजदेखि रंगहरूको पर्व होली विधिवत रुपमा सुरु भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ बजेर २६ मिनेटमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो ।

images
images

चन्द्रमास अन्तर्गत फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली यस वर्ष पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ । होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धीत यो पर्व आजबाट विधिवत सुरु भएको वसन्तपुरस्‍थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिनुभयो । 

वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ । बाजागाजा सहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरा चीर ठड्याउने गरिन्छ ।

आजको दिनदेखि होली एक अर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाइदिने बाटो खुलेको छ । उता जनकपुरबाट सुरु भएको १५ दिने मिथिला मध्यमा परिक्रमा आज धनुषाको पर्वता तर्फ गएको छ । फागुन २९ गतेबाट सुरु भएको परिक्रमा नेपाल र भारतका विभिन्न स्थानको परिक्रमा गर्दै १४ गते जनकपुर पुगी १५ गते अन्तरगृह परिक्रमा गर्ने गरिन्छ । 

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - ०९:२४:३५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology