चितवन। चितवनको इच्छाकामना गाउँपालिका–३ सिस्नेरीमा निर्माण सम्पन्न भएको खानेपानी योजनाको उद्घाटन गरिएको छ। इच्छाकामना गाउँपालिका, वाइन टु वाटर नेपाल र स्थानीय उपभोक्ताहरूको साझेदारीमा निर्माण भएको उक्त खानेपानी योजनाको शुक्रबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो ।
खानेपानी योजना सञ्चालनमा आएसँगै सिस्नेरी क्षेत्रका स्थानीय बासिन्दालाई स्वच्छ तथा सहज खानेपानी उपलब्ध हुने अपेक्षा गरिएको छ। योजनामा गाउँपालिकासहित सहयोगी संस्था र स्थानीय उपभोक्ताहरूको समेत साझेदारी रहेको जनाइएको छ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङले स्थानीयको आवश्यकता र सहभागितालाई प्राथमिकतामा राखेर खानेपानी लगायतका आधारभूत पूर्वाधार विकासलाई अघि बढाइने बताउनुभयो। स्थानीय उपभोक्ताहरूले लामो समयदेखि भोग्दै आएको खानेपानीको समस्या समाधानमा योजना महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।