काठमाडौं । चाडपर्व वा आपत्कालीन समयमा यात्रुसँग मनपरी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीलाई सरकारले कडा कारबाही गर्ने भएको छ।
संघीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ मा स्वीकृत दरभन्दा बढी हवाई भाडा लिने एयरलाइन्सलाई १५ लाख रुपैयाँसम्म जरिबाना गर्ने प्रस्ताव गरिएको छ।
विधेयकको दफा ४७ ले प्राधिकरणले स्वीकृत गरेको हवाई भाडा दरभन्दा बढी रकम लिएर उडान सञ्चालन गर्ने कार्यलाई गम्भीर कसुरको सूचीमा राखेको छ।
यात्रुलाई ठगी गर्ने प्रवृत्ति नियन्त्रण गर्न यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।