Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

बाढीका शव व्यवस्थापनमा खटिएका ६५ एम्बुलेन्स चालक सम्मानित

बाढीका शव व्यवस्थापनमा खटिएका ६५ एम्बुलेन्स चालक सम्मानित

images

इच्छाकामना न्युज

१८, आश्विन २०८३
बाढीका शव व्यवस्थापनमा खटिएका ६५ एम्बुलेन्स चालक सम्मानित
images

भरतपुर। भोटेकोशी बाढीपछि चितवनमा भेटिएका शव व्यवस्थापनमा सहयोग गरेका ६५ जना एम्बुलेन्स चालक सम्मानित भएका छन्।

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ, चितवनले शनिबार आयोजना गरेको कार्यक्रममा चालकहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो।

बाढीपछि त्रिशूली र नारायणी नदी क्षेत्रमा भेटिएका शव अस्पताल र व्यवस्थापन स्थलसम्म लैजानका लागि एम्बुलेन्सले गरेको सहयोगको राज्यले पनि उचित मूल्याङ्कन गर्ने चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेल बताउनुभयो।

प्रहरीका अनुसार भोटेकोशी बाढीपछि चितवनमा ३६९ वटा शव भेटिएका थिए। जिल्ला शाखा चितवनको पाँचौँ साधारण सभा तथा अधिवेशनको अवसरमा सम्मान गरिएको चितवन सचिव मिलन श्रेष्ठले बताए । यसैबीच, अधिवेशनले सन्तोष केसीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

images
प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - ११:०७:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology