उपरदाङगढी, ८ चैत । नेपाल राष्टिय शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा पुनः गोपि बहादुर सिलवाल चयन भएको छ। इच्छाकामनाको ऐतिहासिक पर्यटकीय स्थल उपरदाङगढिमा शनिबार सम्पन्न संगठनको दोस्रो अधिवेशनले पुनः सिलवालको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति चयन गरेको हो।
समितिको अन्य पदाधिकारीहरुमा सरस्वती शर्मा पोखरेल महिला उपाध्यक्षमा, सुजन सापकोटा उपाध्यक्षमा, देव बहादुर गुरुङ सचिवमा, राजु त्रिपाठी कोषाध्यक्षमा, हेमा बराल सहसचिवमा, चन्द्र कुमारी गुरुङ सहकोषाध्यक्षमा चयन भएका छन्।

यस्तै समितिको सदस्यहरुमा ज्योती गुरुङ, शुक बहादुर गुरुङ बुद्धिमान चेपाङ, बालकृष्ण भटराई, बिक्रम मगर, अस्मिता भण्डारी, लक्ष्मी पुरी, टप कुमारी श्रेष्ठ, सुरेश गुरुङ र निवृत्त शिक्षकका तर्फबाट पदेन सदस्यको रुपमा कृष्ण प्रसाद सिलवाल चयन भएका छन्।
संगठनले शनिबार उपरदाङगढीमा आयोजना गरिएको वनभोज सहितको दोस्रो अधिवेशन कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी रहनुभएको थियो भने कार्यक्रममा संगठनका बागमती प्रदेश समिति सदस्य सुर्यराज बराल, गाउँपालिकाका शिक्षा अधिकृत दुर्गादेवी खड्का विशिष्ठ अतिथि रहनुभएको थियो।
यस्तै कार्यक्रममा अतिथीको रुपमा संगठनका प्रदेश सचिवालय सदस्य पूर्ण पुरी, प्रदेश सदस्य ज्ञानुदेवी पाण्डे, चितवन जिल्ला अध्यक्ष दान बहादुर गुरुङ लगायतको समेत उपस्थिति रहेको थियो।