Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

चितवनको कुरिनटारमा ११९ जना सशस्त्र प्रहरी जवान दीक्षित

चितवनको कुरिनटारमा ११९ जना सशस्त्र प्रहरी जवान दीक्षित

images

इच्छाकामना न्युज

२९, आश्विन २०८३
चितवनको कुरिनटारमा ११९ जना सशस्त्र प्रहरी जवान दीक्षित
images

चितवन । चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल,नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सशस्त्र प्रहरी जवान आधारभूत तालिमको अन्तिम दीक्षान्त कवाज समारोह सम्पन्न भएको छ । समारोहमा ११९ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका छन् । 

दीक्षान्त कवाज समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राजेन्द्र खड्का प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ,सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगर, गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ९साकार० र इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

त्यसैगरी नेपाल प्रहरी शिक्षालय भरतपुरका प्रमुख, नम्बर ३ गढीमाई बाहिनी मुख्यालयका सहायक बाहिनीपति, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, नयाँ सबुज गण भरतपुरका प्रमुख तथा इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुखलगायतको उपस्थिति रहेको थियो । समारोहमा सशस्त्र प्रहरी उपरीक्षक विकास घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा इच्छाकामना गाउँपालिका(४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित भएका जवानहरूले राष्ट्रसेवाका साथै विपद् व्यवस्थापन, खोज तथा उद्धार र विपद्का समयमा नागरिकको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

images
प्रकाशित मिति :आश्विन २९, २०८३ बिहिवार - १७:२९:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology