Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

दसैँ बिदा सकिएसँगै आजदेखि हेटौँडामा चहलपहल बढ्दै

दसैँ बिदा सकिएसँगै आजदेखि हेटौँडामा चहलपहल बढ्दै

images

इच्छाकामना न्युज

१०, कार्तिक २०८३
दसैँ बिदा सकिएसँगै आजदेखि हेटौँडामा चहलपहल बढ्दै
images

बागमती। दसैँ बिदा सकिएसँगै आजदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा चहलपहल बढ्दै गएको छ । बिदा सकिएको र आजैदेखि कार्यालय खुलेका कारण विभिन्न काम लिएर सर्वसाधारण कार्यालयमा पुग्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा कार्यालय खुलेसँगै सेवाग्राही आउन थाले पनि आज धेरै चाप भने नरहेको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिनुभयो ।

दसैँ बिदाका समयमा शान्ति सुरक्षालगायत समग्र जिल्लाको अवस्था सामान्य नै रहेको उहाँले जानकारी दिनुभयो । बिदाका समयमा अन्यत्र स्थायी बसोबास भई विभिन्न सेवा, पेसा र व्यवसायका कारण हेटौँडामा बस्दै आएका व्यक्ति परिवारजनसहित घर तथा गाउँमा गएकोमा बिदा सकिएसँगै फर्कन थालेपछि बजार क्षेत्रमा पनि चहपहल बढ्दै गएको व्यवसायी बताउँछन् ।

 
 

images
प्रकाशित मिति :कार्तिक १०, २०८३ सोमवार - १४:४१:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology