Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

गाउँ आउनेलाई १४ दिन क्वारेन्टाईनमा बस्न गोरखा गण्डकी गाउँपालिकाको आग्रह

गाउँ आउनेलाई १४ दिन क्वारेन्टाईनमा बस्न गोरखा गण्डकी गाउँपालिकाको आग्रह

images

चित्र बहादुर गुरुङ

३०, आश्विन २०७७
गाउँ आउनेलाई १४ दिन क्वारेन्टाईनमा बस्न गोरखा गण्डकी गाउँपालिकाको आग्रह
images

भुम्लिचोक, ३० असोज । गोरखाको गण्डकी गाउँपालिकाले दशैं मान्न गाउँ आउनेलाई १४ दिन घरमै क्वारेन्टाइन बस्न आग्रह गरेको छ। बिहिबार एक प्रेस नोट जारी गर्दै गाउँपालिकाले जिल्ला बाहिरबाट दशैं मान्न गाउँ आउनेहरुलाई यस्तो आग्रह गरेको हो। चाडवाड नजिकिदैँ गर्दा मानिसहरुको आवागमन बढ्ने र जिल्ला बाहिर भएकाहरु घर फर्कदाँ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले १४ दिन क्वारेन्टिनमा बस्न आग्रह गरेको जारी प्रेस नोटमा उल्लेख गरिएको छ।
प्रेस नोटमा गाउँपालिकाले संक्रमण बढीरहेको बेला सकेसम्म जहाँ छ त्यही बसेर दशैँ मनाउन पनि अनुरोध गरेको छ। अति आवस्यक काम बाहेक अन्य समयमा बाहिर हिँडडुल नगर्न र होम क्वारेन्टिनमा रहदाँ स्वास्थ्य समस्या आएमा गाउँपालिका अध्यक्ष, स्वास्थ्य शाखा संयोजक वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।
साथै गाउँपालिकाले चाड पर्व मनाउदाँ पारिवारिक रुपमा आफ्नो घरमा सिमित रही सुरक्षित तवरले मनाउन र खेलकुद, जात्रा, मेला लगायत कुनै पनि किसमिका धार्मिक, सांस्कृतिक तथा राजनैतिक कार्यक्रमहरु आयोजना नगर्न समेत अनुरोध गरेको छ।

gandaki-corona.jpg

 

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - ०८:१६:५५ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology