Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

देवघाटमा एकीकृत नागरिक सेवा सुरु

देवघाटमा एकीकृत नागरिक सेवा सुरु

आशिक राना

१०, चैत्र २०७७
देवघाटमा एकीकृत नागरिक सेवा सुरु
images

देवघाट, १० चैत । देवघाट ३ डगरामा रहेको एकिकृत नागरिक सेवा केन्द्र पुनः सन्चालनमा आएको छ। गत वर्षदेखि संचालनमा आएको उक्त सेवा कोभिड भाईरसको जोखिम बढेपछि बन्द भएको थियो। बन्द भएको वर्षदिन पछि आजदेखि पुनः संचालनमा आएको हो।

images
images

देवघाट गाउँपालिकाबाट प्रदान गरिने सेवाहरु महिनाको एक दिन उक्त सेवा केन्द्रबाट प्रदान गर्ने योजना अन्तर्गत सबै वडाहरुमा एकिकृत सेवा केन्द्र संचालन गरेको छ । सेवा पुनः सुरु भएको अवसरमा मंगलबार गाउँपालिका तथा वडा कार्यालयले प्रदान गर्ने सेवाहरु उक्त केन्द्रबाट प्रदान गरिएको थियो ।

163965822_217378446838367_6375512287778047070_n.jpg

विकट बस्ती भएको देवघाटमा नागरिकहरु सेवा लिन वडा कार्यालय र गाउँपालिकाको कार्यालयसम्म आउन नसक्ने भएपछि महिनाको एक पटक गाउँमा नै गएर सेवा प्रदान गर्ने उद्देश्यका साथ हरेक वडामा सेवा केन्द्र संचालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । 

गत वर्ष कोरोना भाइरसको कारण सुरु हुन नसकेको एकीकृत नागरिक सेवा पुनः सबै वडामा संचालन गरिने र यसबाट नागरिकहरुले लाभ लिन सक्ुन पर्ने अध्यक्ष थापाले बताए । वडा तथा गाउँपालिकाको सेवा प्रति नागरिकहरुको गुनासो र सल्लाह सुझावहरु प्रत्यक्ष जनप्रतिनिधि र कर्मचारी हरुको बिचमा राख्ने र आगामी दिनहरुमा थप सेवाहरुलाई  प्रभावकारि बनाउन सकिने अध्यक्ष थापाको भनाई थियो । 

कार्यक्रममा देवघाट कार्यपालिका सदस्य यममाया गुरुङ समाजसेवी डा.सुरेन्द्र श्रेष्ठ, कामना सामुदायिक बनका अध्यक्ष रुपेस गुरुङ छिपछिपे स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण पराजुली, लगायतले मन्तव्य राखेका थिए । डगरा टोल बिकास सस्थाको अध्यक्ष मानसिङ्ग गुरुङको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । 

उक्त सेवा केन्द्र मार्फत मंगलबार सामााजिक सुरक्षा कार्यक्रम अन्तर्गत घटना दर्ता, कृषि तथा पशुको प्राविधिक सेवा, स्वास्थ्य परामर्श सेवा लगायतका कामहरु गरिएको थियो ।

images
प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - २२:४६:२९ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology