Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपाल मासु, अण्डा र माछामा आत्मनिर्भर भएको घोषणा

नेपाल मासु, अण्डा र माछामा आत्मनिर्भर भएको घोषणा

इच्छाकामना न्युज

१२, चैत्र २०७७
नेपाल मासु, अण्डा र माछामा आत्मनिर्भर भएको घोषणा

काठमाण्डौ, १२ चैत । नेपाल पशुजन्य उत्पादन मासु, अण्डा र माछामा आत्मनिर्भर भएको घोषणा सरकारले गरेको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्नु भएको हो ।

images

विश्व खाद्य सङ्गठनको मापदण्ड अनुसार वार्षिक उपभोग गर्नुपर्ने परिमाणको उत्पादन देशमै हुन थालेपछि  आत्मनिर्भर भएको घोषणा गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतबाट रासायनिक मल उत्पादन गर्ने काराखाना स्थापना गरिने बताउनुभयो ।

खेर जाने विद्युतको सदुपयोग हुने गरी कारखाना स्थापनाका लागि छुट्टै परियोजना सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले अबको दुई वर्षमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

कृषिजन्य उत्पादन वार्षिक रूपमा वृद्धि भइरहेकोले आगामी ५ वर्षमा निर्यात गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ छ । पोल्ट्री व्यवसायी टिकाराम पोख्रेलले कुखुराको दाना बनाउने कच्चापदार्थका लागि मात्रै वार्षिक ५० अर्ब बाहिरने गरेकोले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।  

कुखुराको दानाका लागि भटमासको पिना शतप्रतिशत बाहिरबाट ल्याउनु पर्ने र मकैसमेत ६० प्रतिशत आयात गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । 

ह्याचरी उद्योगमा २ सय अर्बभन्दा बढी लगानी रहेको बताउँदै व्यवसायी पोख्रेलले उत्पादन लागत घटाउन नेपालमै कच्चापदार्थ उत्पादन गर्नु पर्ने धारणा राख्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा पशुपन्छी तथा मत्स्य क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरूमा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल, झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, धनुषाका माछापालक किसान रामसोवित मुखिया, भरतपुर चितवनका पोल्ट्रि व्यवसायी गुणचन्द्र विष्ट हुनुहुन्छ । धुलो दूध उत्पादन गर्ने सुजल डेरी, सुदूरपश्चिममा बङ्गुरपालक किसान कलावती भट्ट, मुस्ताङका च्याङ्ग्रापालक किसान माया विष्ट पनि सम्मानित हुनुभएको छ ।

रुपन्देहीका गाइपालक किसान यज्ञमुर्ति खनाल, सुर्खेतका बाख्रापालक किसान मुना पोखरेल, डेरी व्यवसायी सुष्मा शर्मा र दुधजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतीक चिन्हका डिजाइनर सुयोगराज काफ्ले पनि सम्मानित हुनु भएको छ । 

images
प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - १९:२६:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology