Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेपाल टेलिकमले दिने भयो प्रतिशेयर ४० रुपैयाँ लाभांश

नेपाल टेलिकमले दिने भयो प्रतिशेयर ४० रुपैयाँ लाभांश

इच्छाकामना न्युज

१३, चैत्र २०७७
नेपाल टेलिकमले दिने भयो प्रतिशेयर ४० रुपैयाँ लाभांश
images

काठमाडौं, १३ चैत । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ बाट शेयरधनीलाई नगद लाभांश दिने भएको छ । टेलिकमको आज शुक्रबार सम्पन्न १३ औं वार्षिक साधारणसभाले शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गरेको हाे ।

images
images

सञ्चालक समितिले प्रस्ताव गरेअनुसार प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले अनुमोदन गरेको छ । साधारणसभाले कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्नेगरी अम्बिकाप्रसाद पौडेललाई सञ्चालक सदस्यमा चयन गरेको छ ।

नवनिर्वाचित सञ्चालक सदस्य पौडेलले आफूलाई सञ्चालक पदमा निर्वाचित गराई कार्य गर्ने अवसर दिएकामा सम्पूर्ण सर्वसाधारण शेयरधनी र कर्मचारी शेयरधनीप्रति आभार व्यक्त गरे । उनले शेयरधनीलाई उचित प्रतिफल, कर्मचारीलाई उचित प्रोत्साहन र दूरसञ्चार सेवालाई अझै सर्वसुलभ तथा गुणस्तरीय बनाउन काम गर्ने प्रतिबद्धता जनाए ।

 

images
प्रकाशित मिति :चैत्र १३, २०७७ शुक्रवार - २१:२४:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology