Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

त्रिदेशीय कप फुटबलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै 

त्रिदेशीय कप फुटबलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै 

इच्छाकामना न्युज

१४, चैत्र २०७७
त्रिदेशीय कप फुटबलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै 
images

काठमाण्डौ, १४ चैत । काठमाडौंमा जारी त्रिदेशीय कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुने छ ।

images
images

प्रतियोगिताको फाइनलमा पुग्न आजको खेलमा नेपाललाई कम्तिमा बराबरी आवश्यक छ। तर, बंगलादेशले २ गोल अन्तरमा जितेको अवस्थामा भने नेपालको फाइनल खेल्ने सम्भावना सकिनेछ ।

यसअघि त्रिदेशीय कपको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १–० गोल अन्तरले पराजित गरिसकेको छ । दोस्रो खेलमा नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेलेपछि बंगलादेश त्रिदेशीय कपको फाइनलमा पुगिसकेको छ । प्रतियोगितामा नेपाल र बंगलादेशले सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारेका छन् ।

तर किर्गिस्तानको भने २३ वर्षभन्दा मुनिको टोलीलाई सहभागी गराएको छ। फाइनल खेल सोमबार हुनेअखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - ०९:१३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology