आँबुखैरेनी, ३० असोज । तनहुँको आँबुखैरेनी गाउँपालिका २ मार्किचोकमा रहेको अकला आधारभुत विद्यालयलाई लियो क्लव अफ आँबुखैरेनीले स्वास्थ्य सामाग्री सहयोग गरेको छ। क्लवले विद्यालय मै पुगेर आज स्वास्थ्य सामाग्री सहयोग गरेको हो।
उक्त विद्यालयलाई क्लवले १ हजार सर्जिकल माक्स, १५ पिस केएन ९५ माक्स, ६ सय एमएलको ३ वोत्तल सेनिटाईजर सहयोग प्रदान गरेको क्लवका सदस्य सायल घलेले जानकारी दिए।