Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

इच्छाकामनाको स्याङ्दीमा संचालित ६ महिने सिलाइ कटाई तालिम सम्पन्न

इच्छाकामनाको स्याङ्दीमा संचालित ६ महिने सिलाइ कटाई तालिम सम्पन्न

images

इच्छाकामना न्युज

३०, आश्विन २०७७
इच्छाकामनाको स्याङ्दीमा संचालित ६ महिने सिलाइ कटाई तालिम सम्पन्न
images

चितवन, ३० असोज । चितवनको इच्छाकामना गाउँपालिका-७,स्याङ्दीमा संचालित ६ महिने निशुल्क सिलाई कटाई तालिम आज सम्पन्न भएको छ । सेवा अहिले नेपाल, काठमाडौंको सहयोगमा संचालित तालिममा सो क्षेत्रका २२ जना बिपन्न महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागी हरुलाई  निशुल्क लुगा सिलाउने मेसिन पनि सोही सस्थाले उपलब्ध गराएको थियो । सस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इच्छाकामना गाउँपालिका वडा नं. ७ का वडा सदस्य टेकबहादुर गुरुङ, अतिथिहरु प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, सस्थाका कार्यक्रम निर्देशक जगदिशचन्द्र पोख्रेल, चितवन को-अडिनेटर इश्वर कुमार श्रेष्ठ, तालिमकी प्रशिक्षक शान्ति राई, तालिममा सहभागीहरु सोनी चेपाङ र चन्द्र्माया चेपाङ  लगाएतले मन्तव्य राख्नु भएको थियो । सो सस्थाले यस अगाडि पनि चितवनकै विभिन्न स्थानमा २ सयभन्दा बढीलाई सोही प्रकारको तालिम दिइसकेको छ । बिपन्न बस्ती हरुमा सो सस्थाले खाद्यान्न, कपडा लगायतको सहयोग समेत गर्दै आएको छ ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - २१:४१:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology