Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज घटस्थापनाः बडा दशैंको पहिलो दिन, घरघरमा जमरा राखिदै

आज घटस्थापनाः बडा दशैंको पहिलो दिन, घरघरमा जमरा राखिदै

इच्छाकामना न्युज

१, कार्तिक २०७७
आज घटस्थापनाः बडा दशैंको पहिलो दिन, घरघरमा जमरा राखिदै

चितवन, १ कार्तिक । नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ । घटस्थापनाको साइत आज बिहान ११ : ४६ बजे रहेको समितिले जनाएको छ ।

images

गोरखाको प्रसिद्ध धार्मीक स्थल गोरखकाली मन्दिर र मनकामनामा पनि वैद्धिक विधी अनुसार आज बिहान ११ः४६ मा जमरा राखिँदैछ । जमरा राख्न भगवतीलाई पुजा कोठामा आज बिहानै सारिसकिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । साथै कोभिड १९ को प्रभावका कारण मन्दिर बन्द रहेकाले पुजारीले धार्मीक विधी अनुसार जमरा राख्ने र भक्तजनका लागि प्रवेशमा रोक लगाइएको अड्डा प्रमुख भुषालले बताए ।

आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धुमधामका साथ मनाइँने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

images
प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - ०९:११:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology