Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धनकुटाको टोलटोलमा कृषि सूचना केन्द्र सञ्चालनमा आएपछि किसानलाई सहज 

धनकुटाको टोलटोलमा कृषि सूचना केन्द्र सञ्चालनमा आएपछि किसानलाई सहज 

सिआईएन

१९, चैत्र २०७७
धनकुटाको टोलटोलमा कृषि सूचना केन्द्र सञ्चालनमा आएपछि किसानलाई सहज 

बिदुर खवास, धनकुटा, १९ चैत । धनकुटाको धनकुटा नगरपालिकाले किसानले लगाएको कृषि बालीमा आईपर्ने विभिन्न समस्या समाधान गर्ने उदेश्यका साथ टोलटोलमा कृषि सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्र सञ्चालनमा आएसगै किसानले उत्पादन गरेका कृषि उपज बिक्री गर्न तथा बिचैलियाको प्रभाव न्युनीकरण गर्न सहयोग पुगेको छ ।

images

धनकुटा नगरपालिका वडा नं. १ सिजाली टोलका कल्पना लिम्बु आफूले उत्पादन गरेको कृषि उपज बिक्रि गर्न बजार जानु अघि मोवाईल एप्लीकेशन मार्फत बजार भाउ बुझ्नु हुन्छ । सोहि अनुसार आफूले उत्पादन गरेका तरकारी तथा फलफूल बिक्रि गर्नुहुन्छ ।

सोही टोलका गोविन्द बहादुर मगर पनि आफूले उत्पादन गरेका कृषि उपज बेच्न, विउ विजन खरिद गर्न तथा कृषि बालिमा आईपर्ने समस्या समधानका लागि प्रविधिक ज्ञान लिन पनि मोबाईल एप्लीकेशनकै प्रयोग गर्दै आउनु भएको छ । यो प्रविधिले गर्दा आफूले उत्पादन गरेको सामाग्री बिक्रि गर्दा विचौलियाबाट ठगिने सम्भावना कम हुनुका साथै अन्य प्राविधिक ज्ञान लिन समेत सजिलो भएको किसानहरुको भनाइ छ ।

कृषिमा आई पर्ने समस्या समाधानका लागि प्राविधिक ज्ञान लिन देखि बजार भाउ बुझन, विउ बिजन खरिद गर्न तथा किसानलाई सहज रुपमा बजारको पहुँच विस्तार गराउने लक्ष्यका साथ नगरमा ३२ स्थानमा कृषि सूचना केन्द्र सञ्चालनमा ल्याइएको धनकुटा नगरपालिका बाताबरण शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो । सूचना केन्द्र सञ्चालनमा आएसँगै सहज भएको किसानले जनाएका छन् । 

images
प्रकाशित मिति :चैत्र १९, २०७७ बिहिवार - ०९:३०:३८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology