Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कृषि तथा पशु उद्यमशीलता विकास परियोजना संचालनको लागि देवघाट गाउँपालिका र हेफर बीच सम्झौता

कृषि तथा पशु उद्यमशीलता विकास परियोजना संचालनको लागि देवघाट गाउँपालिका र हेफर बीच सम्झौता

आशिक राना

२०, चैत्र २०७७
कृषि तथा पशु उद्यमशीलता विकास परियोजना संचालनको लागि देवघाट गाउँपालिका र हेफर बीच सम्झौता
images

देवघाट, २० चैत । तनहुँको देवघाट गाउँपालिकामा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना संचालन हुने भएको छ। यसका लागि देवघाट गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल बीच आज परियोजना संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।  

images
images

सम्झौता पत्रमा हस्ताक्षर गर्दै परियोजना संचालन भएपछि गाउँपालिकाले कृषि तथा पशु क्षेत्रलाई अगाडी बढाउदै दिगो समृद्ध देवघाट बनाउन लिएको लक्ष्यलाई सघाउ पुग्ने देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बताउनुभयो। 

167910183_434820024284394_6263560455249916661_n.jpg

परियोजनाको सम्झौतामा रकम ४ करोड ६६ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ रहेको छ। सो रकम मध्य गाउँपालिकाले ७५ प्रतिशत र हेफर संले २५ प्रतिशत लगानी गर्र्नेछ। परियोजना देवघाट गाउँपालिका भित्र  २८ महिना सम्म सञ्चालन हुने छ।

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा, देवघाट १ का वडाध्यक्ष भिम बहादुर गुरुङ, ४ का वडाध्यक्ष पदम बहादुर गुरुङ, ५ का वडाध्यक्ष याल बहादुर गुरुङ, हेफर प्रोजेक्ट नेपालका उपाध्यक्ष डा तिर्थराज रेग्मी, गाउँपालिकाका कृषि तथा पशु शाखा प्रमुख पुर्णचन्द्र अधिकारी, कार्यक्रम प्रमुख कृष्णराज पन्त लगायतको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :चैत्र २०, २०७७ शुक्रवार - २०:१७:५५ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology