काठमाण्डौ, २० चैत । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने घोषणा गरेको छ । मन्त्रिपरिषद्को आज विहान बसेको बैठकले विजेता खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । यस अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विजेता खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।