Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पाचथरमा व्यवसायिक कृषिमा लाग्नेहरुको सङ्ख्या बढ्यो 

पाचथरमा व्यवसायिक कृषिमा लाग्नेहरुको सङ्ख्या बढ्यो 

सिआईएन

२१, चैत्र २०७७
पाचथरमा व्यवसायिक कृषिमा लाग्नेहरुको सङ्ख्या बढ्यो 

कुमार खड्का, पाँचथर, २१ चैत । सरकारले किसानलाई सहयोग पुग्ने खालका योजना बनाएपछि व्यवसायिक कृषिमा लाग्नेहरुको सङ्ख्या बढेको छ । एक्लाएक्लै खेति किसानी गर्नुभन्दा पनि प्राय किसान समूहमा आबद्ध हुन थालेका छन् र सामुहिक खेति गर्न थालेका छन् ।  

images

पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ सफाबुङबाका स्थानीय कृषि फर्म दर्ता गरेरै सामूहिक तरकारी खेतिमा लागेका छन् ।  तरकारी फलाएर राम्रो आम्दानी हुने देखेपछि तीन वर्ष यता सामूहिक तरकारी खेति थालेको स्थानीय बताउँछन् । व्यवसायिक तरकारी खेतिबाट स्थानीयले ५ लाखसम्म आम्दानी गर्दै आएको एकजना किसान तेज प्रकाश लावतीको भनाई छ ।  

वर्षौंदेखि बाँझो रहेको करिब १५ रोपनी जमिनमा तरकारी फलाईएको छ । कृषि कर्ममा वैदेशिक रोजगारीबाट फर्किएका युवा र विभिन्न सरकारी सेवाबाट अबकाश पाएकाहरु जोडिएका छन् । उत्पादित तरकारी कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार, सदरमुकाम फिदिम र तराईका झापा मोरङ लगायतका बजारमा विक्री हुने गरेको छ ।

किसानको सामुहिक खेति र मिहेनत देखेर स्थानीय सरकारले पनि दुई लाख रुपैयाँ बराबरको अकबरे खुर्सानीको विरुवा सहयोग गरेको छ । साथै उत्पादित तरकारीको बजार व्यवस्थापनमा पनि जुट्ने वडा नम्बर १ का अध्यक्ष देबेन्द्र कुमार लावतीको भनाई छ ।सामूहिक खेतिमा प्रोत्साहन गर्न किसानहरुलाई प्रदेश १ सरकारले समेत पाँच लाख रुपैयाँ अनुदान दिएको छ । 

images
प्रकाशित मिति :चैत्र २१, २०७७ शनिवार - १८:५८:४८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology