Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

नयाँ सरकार गठनका लागि सहमति जुटाउन काँग्रेस सहित तीन दलको बैठक 

नयाँ सरकार गठनका लागि सहमति जुटाउन काँग्रेस सहित तीन दलको बैठक 

images

इच्छाकामना न्युज

२७, चैत्र २०७७
नयाँ सरकार गठनका लागि सहमति जुटाउन काँग्रेस सहित तीन दलको बैठक 
images

काठमाण्डौ, २७ चैत । नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि सहमति जुटाउन तीन दलको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि सभापति शेर बहादुर देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाउनुभएको हो ।

देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको काँग्रेस नेता बालकृष्ण खाँडले सीआईएनलाई जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने तीन दलको तयारी छ । तर, सत्ता समिकरणमा निर्णायक शक्ति बनेको जसपाले भने नयाँ सरकारबारे खासै चासो राखेको छैन ।

जसपा भित्रका महन्थ ठाकुर र राजेन्द्र महतो केपि ओली नेतृत्वको सरकारमा जाने गरी छलफल चलाईरहेका छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नयाँ सरकार गठनमा चासो राखिरहेका छन् । जसपाभित्रको आन्तरिक विवादका कारण मुलुकको राजनीतिले सही दिशा लिन सकेको छैन । यस्तै, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

काँग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

images
प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - ०८:५५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology