Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

असारयता बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुनःनिर्माणमा सरकारको सहयोग 

असारयता बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुनःनिर्माणमा सरकारको सहयोग 

इच्छाकामना न्युज

२७, चैत्र २०७७
असारयता बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुनःनिर्माणमा सरकारको सहयोग 
images

काठमाण्डौ, २७ चैत । गएको असारयता बाढी र पहिरोका कारण क्षति पुगेका तीन हजार घरको पुनःनिर्माणका लागि सरकारले पहिलो किस्तारकम दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजोसबेको राष्ट्रिय परिषद बैठकले पहिलो किस्तारकम दिने निर्णय गरेको हो ।

images
images

विपद् व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड रुपैयाँ पहिलो किस्ताबापत उपलब्ध गराउने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सीआईएनसँग बताउनुभयो ।  मनसुनजन्य विपदबाट प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्थापना कार्यविधि २०७७का आधारमा पहिलो किस्ता रकम दिन लागिएको हो ।

चाँडै पहिलो किस्ता बापतको रकम वितरण हुने प्राधिकरणले जनाएको छ । कार्यविधि अनुसार घर पुनःनिर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ दिइनेछ । बैठकमा यस वर्ष आगलागीबाट क्षति पुगेका घरको पुनःनिर्माणमा सहयोग गर्ने सम्बन्धमा पनि तयारी थाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको थियो । 

images
प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - ०८:५७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology