Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

वैँकिङ सेवामा दृष्टिविहीनहरुको पहुँच कम 

वैँकिङ सेवामा दृष्टिविहीनहरुको पहुँच कम 

इच्छाकामना न्युज

२७, चैत्र २०७७
वैँकिङ सेवामा दृष्टिविहीनहरुको पहुँच कम 

काठमाण्डौ, २७ चैत । दृष्टिविहीनहरूको सुविधाका लागि सरकारी तथा गैरसरकारी निकायबाट योजना निर्माण र कार्यान्वयन भइरहेको छ । यसको प्रभावको लेखाजोखा भइरहँदा दृष्टिविहीनहरूले बैँकिङ् सेवामा भने पहुँच नपुगेको गुनासो वर्षौँदेखि गर्दै आएका छन् ।

images

गोरखा नगरपालिका वडा नम्बर १२ का शिक्षक भरतप्रसाद सुवेदी पूर्ण दृष्टिविहीन हुनुहुन्छ । उहाँको बैंक खाता छ तर अनलाइन बैङ्किङ्ग सुविधा नपाएपछि शेयर किनबेच गर्न नपाएको उहाँको भनाइ छ ।

इटहरी नगरपालिका ७ का रमानन्द खत्वे पेशाले शिक्षक हुनुहुन्छ । साविकको त्रिवेणी विकास बैंकबाट ३ लाख रुपैयाँ ऋण लिएर समयमैं तिर्नुभयो तर त्यही बैंक गाभिएर बनेको ग्लोवल आइएमइ बैंकमा आवेदन दिनुभयो । तर दृष्टिविहीन भएकै कारण ऋण दिन नसकिएको बैकले जवाफ दिएकोमा उहाँको चित्त दुखेको छ ।

नेपाल राष्ट्र बैंकले फरक क्षमता भएका व्यक्तिहरुलाई सजिलै बैंङ्कि सुविधा उपलब्ध गराउन सबै बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिइसकेको छ । बैंकहरुले एटिएम सुविधाका लागि समेत विशेष व्यवस्था गर्नु पर्ने प्रवक्ता देवकुमार ढकालबताउनुहुन्छ ।

बैँक प्रयोगमा समस्या भएको भन्दै दृष्टिविहीनले दिएको उजुरी तथा गुनासोको एकीन तथ्याङ्क राष्ट्र बैंकसँग पनि छैन । निर्देशन नमान्ने बैंक तथा वित्तीय संस्थालाई भने नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम कारवाहीको व्यवस्था छ । नेपाल नेत्रहीन संघका अनुसार देभभर ९४ हजार ६ सय ६५ जना दृष्टिविहीन छन् ।

बैँकमा खाता खोल्नै समस्या र खाता खुले पनि चेकबाट रकम निकाल्ने बेलामा हस्ताक्षर नमिलेको भन्दै बैँकले दृष्टिविहीनलाई अझैँ पनि फर्काउने गरेका छन् । 

images
प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - ०९:०१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology