Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लायन्स तथा लियो क्लव अफ आँबुखैरेनी सिटिद्वारा नि:शुल्क मास्क वितरण सुरु

लायन्स तथा लियो क्लव अफ आँबुखैरेनी सिटिद्वारा नि:शुल्क मास्क वितरण सुरु

इच्छाकामना न्युज

१, कार्तिक २०७७
लायन्स तथा लियो क्लव अफ आँबुखैरेनी सिटिद्वारा नि:शुल्क मास्क वितरण सुरु

आँबुखैरेनी, १ कार्तिक । लायन्स क्लव अफ आँबुखैरेनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीले तनहुँको आँबुखैरेनी बजार क्षेत्रमा निशुल्क मास्क बितरण सुरु गरेका छन् । घटस्थापनाको दिन शनिवारदेखि चारदिनसम्म आँबुखैरेनी चोकमा क्लवका सदस्यहरुले हेल्प डेक्स समेत राखेर निशुल्क मास्क बितरण गरेका हुन् । कोभिड १९ को प्रभावबाट सर्वसाधारण नागरिकलाई सचेत गराउँदै बजार क्षेत्रमा किनमेल गर्ने, सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुलाई मास्क, सेनिटाईजर बितरण गरिएको लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनालले बताए । चारदिनसम्म निशुल्क उक्त सेवा चलिरहनेछ । मास्क बितरणसँगै कोभिड १९ को प्रभावबाट बच्ने उपाए, ध्यान दिनुपर्ने तौर तरिका लगायतका बारेमा सन्देश पनि प्रशारण गरिएको अध्यक्ष खनालले जानकारी दिए । सामाजिक सेवा र उत्तरदायित्व बहन गर्दै लायन्स र लियो क्लव आँबुखैरेनीले बिभिन्न खालका सामाजिक काम गर्दै आएको छ ।

images

images
प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - २२:२६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology