Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

व्यत्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा छुट दर्ता शिविर सञ्चालन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम देवघाटमा सम्पन्न 

व्यत्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा छुट दर्ता शिविर सञ्चालन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम देवघाटमा सम्पन्न 

आशिक राना

२९, चैत्र २०७७
व्यत्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा छुट दर्ता शिविर सञ्चालन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम देवघाटमा सम्पन्न 
images

देवघाट, २९ चैत । तनहुँको देवघाट गाउँपालिकामा व्यत्तिmगत घटना दर्ता तथा सामाजिक सुरक्षा छुट दर्ता शिविर सञ्चालन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम  सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा आज देवघाटमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

images
images

सो कार्यक्रममा देवघाट गाउँपालिकाको जनप्रतिनिधिहरु र वडा सचीवहरुलाई व्यत्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा छुट दर्ता शिविर सञ्चालन सम्बन्धी प्रशिक्षण देवघाट गाउँपालिका सामाजिक सुरक्षा इकाई प्रमुख दुर्गा बहादुर रानाले दिएका थिए।

कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा  निमित्त कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ, देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ, कार्यपालिका सदस्य यममाया गुरुङ, अनिता गुरुङ, भोगिमाया राना, चन्द्रप्रकाश बि.क. देवघाट गाउँपालिका भित्रका वडा सचिवहरु गंगाराम मानन्धर, कुलराज पौडेल, रन्जाना राई र पबिता खनाल लगाएको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - २२:५२:४६ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology