Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

हिमाली भेग रसुवामा सिमि खेति वढ्दै 

हिमाली भेग रसुवामा सिमि खेति वढ्दै 

सिआईएन

३०, चैत्र २०७७
हिमाली भेग रसुवामा सिमि खेति वढ्दै 
images

देवचन्द्र भट्ट, नुवाकोट, ३० चैत । वजार पाएसंगै हिमाली भेग रसुवामा सिमि खेति वढ्दै गएको छ । स्थानीय जातको सिमीले राम्रो बजार पाउन थालेपछि रसुवाको उत्तरी भेगमा रहेको गत्लाङका किसान सिमि खेतितर्फ निकै आकर्षित भएका हुन् ।सिमी उत्पादन गर्ने कृषकको सङ्ख्या बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको छ ।

images
images

त्यहां उत्पादित सिमिले रसुवाको धुन्चे, स्याफ्रुवेशी तथा नुवाकोटमासमेत वजार पाउन थालेको छ ।आन्तरिक तथा वाह्य पर्यटकहरुलेसमेत रुचाएको सिमि यस वर्ष सो स्थानमा  २५ मेट्रिक टन सिमी उत्पादन भएको कृषि ज्ञान केन्द्र रसुवा शाखा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष २० मेट्रिक टन सिमी उत्पादन भएकोमा यो वर्ष ५ मेट्रिक टन सिमी उत्पादन बृद्धि भएको हो ।

रसुवाको पश्चिमी भेगमा रहेको आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर ३ मा रहेको पर्यटकीय स्थल गत्लाङमा स्थानीय जातका दलहन बाली लगाउने गरिएको छ । स्थानीय कृषि उपजको माग बढी भएको र मूल्य पनि राम्रो पाउने भएपछि कृषक स्थानीय जातको उत्पादनतिर आकर्षिक हुन थालेका गत्लाङका किसानहरुले वताएका छन्  ।

स्थानीय सिमीले राम्रो बजार पाउन थालेपछि सिमी उत्पादनतर्फ कृषकको आकर्षण बढ्दै गएको कृषक हरिसिह लामाको भनाई छ । उहाँका अनुसार सिमिले स्थानीयबासीको जीविकोपार्जनमा धेरै सहयोग समेत पुगेको छ । किसानले खेती विस्तार गरेसगै सिमी उत्पादन बढेको कृषक तथा व्यवसायीले बताएका छन् ।  

पाच वर्षअघि सिमी संकलन गर्दा १५ मेट्रिक टन भएकोमा हाल उत्पादन बढेर २५ मेट्रिक टन पुगिसकेको छ । सिमि खेती गर्ने किसानको सङ्ख्या समेत बृद्धि भएको छ । हाल एकसय ५० भन्दाबढी किसानले सिमीलाई व्यवसायिक खेती बनाउदै आइरहेका छन् ।

गत्लाङमा १५ हेक्टर क्षेत्रफलमा सिमी खेती हुँने गरेको कृषि ज्ञान केन्द्र नुवाकोट अन्तरगत धुञ्चे शाखाले जनाएको छ । रसुवाको गत्लाङ, हाकु, गोेल्जुङ, स्याफ्रु, चिलिमेलगायतका क्षेत्रमा व्यावसायिक रुपमा सिमी खेती हुने गरेको छ ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - १९:३४:१९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology