Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मिथिलाञ्चलमा आज जुडशितल पर्व मनाइँदै 

मिथिलाञ्चलमा आज जुडशितल पर्व मनाइँदै 

इच्छाकामना न्युज

२, बैशाख २०७८
मिथिलाञ्चलमा आज जुडशितल पर्व मनाइँदै 

जनकपुर, २ वैशाख । मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदैछ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धीत जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवापर्व भनेर मनाउने गरेका छन् ।

images

जुडशितलमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिई आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भनेर जलले आशिश दिने गर्छन् । यस क्रममा एकाबिहानै उठेर आफ्ना परिवार र सामूहिक रूपले आफन्तलाई आशीर्वाद दिने चलन रहेको छ । यस पर्वमाशीतलताको कामना सूर्यको कडा ताप विरूद्ध हुन्छ ।

वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेकाकारण यस पर्वमा मानव मात्रको कल्याण नभई रूख, बिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ । यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । त्यस्तै पशुपक्षी, लतावृक्ष, बोटबिरुवाका साथै घर–गृहस्थीका सबै वस्तु सन्दुक, आलमारी, बाकस, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी ओखल, मुसल, सिलौटा, लोढा, सवारी साधन माथि पानी जुराउने गरिन्छ ।

त्यस्तै यस पर्वमा गाउँका इनार तथा कुवाको जीर्णेद्धार पनि गरिन्छ । यसमा जीउभरि हिलो दल्ने परम्परा पनि रहेको छ । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुल व्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ । जुडशीतलमा रहेका दुई पद ‘जुड’ र ‘शीतल’ कल्याणसँग सम्बन्धीत रहेको मिथिला संस्कृतिका जानकार नित्यानन्द मण्डलले बताउनुभयो ।

जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल रहेको उहाँको भनाइ छ । पर्वको अवसरमा सरकारले झापा, मोरङ, सुनसरी, सिरहा लगायत तराई मधेशका जिल्लामा सार्वजनिक विदा दिएको छ ।

images
प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - ०९:३७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology