Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

चलचित्र ‘मिह्री’ प्रदर्शनको तयारीमा, ‘के मेरो माया लाग्छ र’ गीत सार्वजनिक

चलचित्र ‘मिह्री’ प्रदर्शनको तयारीमा, ‘के मेरो माया लाग्छ र’ गीत सार्वजनिक

इच्छाकामना न्युज

२, कार्तिक २०७७
चलचित्र ‘मिह्री’ प्रदर्शनको तयारीमा, ‘के मेरो माया लाग्छ र’ गीत सार्वजनिक
images


चितवन,  २ कार्तिक 

images
images

प्रदर्शनको तयारीमा रहेको मगर संस्कृतिमा आधारित नेपाली चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को गीत ‘के मेरो माया लाग्छ र’ सार्वजनिक भएको छ। चितवनका सञ्चारकर्मी रमेश रानामगर र सनम आलेमगरको अभिनय रहेको गीत शनिबार साँझ मझेरी टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। देवराज आलेमगर र तारा श्रीषमगरले आवाज, राजु थापामगरको शब्द र देवराज आलेमगरको संगीतमा तयार भएको गीतको भिडियो गोविन्द पुनमगरको निर्देशन गरेका हुन्। पोखरा आसपासको क्षेत्रमा छायांकन गरिएको उक्त गीतमा रमेश र सनम एकापसमा बाँधिएका छन्।

अमृता रानामगर, प्रेमकुमारी आलेमगर, देवेन्द्र रानामगरले निर्माण गरेको चलचित्रमा अधिकांश कलाकारले डेब्यू गरेका छन्। चलचित्रमा नायकको रूपमा उदाएका रमेश रानामगर स्वयमले पनि यही चलचित्रबाट आफूलाई नायक तथा निर्देशकको रूपमा दर्शकमाझ उभ्याउने प्रयास गरेका छन्। ईश्वर रानामगर, प्रीज्मा आलेमगर, आशिक रानामगर, स्रष्टी थापामगरलगायतका कलाकारले पहिलोपटक चलचित्रको पर्दामा आफूलाई उभ्याएका छन्। साथमा प्रेमकुमारी थापामगर, देवी आलेमगर, भीमबहादुर थापामगर, मिलन पाटामगर, बलबिक्रम थापामगर लगायतले अभिनय गरेका छन्।

रफ्तार मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन तथा सम्पादन भने घना गुरूङले गरेका छन्। अधिकांश दृश्य तनहुँको आँबुखैरेनीस्थित रानागाउँमा कैद गरिएको चलचित्रमा कास्की र चितवनका पनि केही स्थानका दृश्य देख्न सकिन्छ। चलचित्रमा पहिलो प्रयास भए पनि उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ। प्रदर्शनको तयारीमा रहे पनि कोरोना कहरका कारण प्रदर्शन गर्न नसकिएको चलचित्रका नायक तथा व्यवस्थापक ईश्वर रानामगरले बताए। ‘फिल्म हलहरू खुलेसँगै हामी चलचित्र प्रदर्शन गरिहाल्छौँ,’ उनले भने।

भिडियाे लिङ्कः

images
प्रकाशित मिति :कार्तिक २, २०७७ आइतवार - १५:००:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology