Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

४७ टिमलाइ पछि पर्दै देवघाट देवपुरले उचाल्यो खुल्ला पुरुष तथा महिला भलिबलको उपाधि

४७ टिमलाइ पछि पर्दै देवघाट देवपुरले उचाल्यो खुल्ला पुरुष तथा महिला भलिबलको उपाधि

आशिक राना

८, बैशाख २०७८
४७ टिमलाइ पछि पर्दै देवघाट देवपुरले उचाल्यो खुल्ला पुरुष तथा महिला भलिबलको उपाधि

देवघाट, ८ बैशाख । नव वर्ष २०७८ को अवसरमा सृजनशिल युवा क्लव कालिकाटारद्वारा आयोजित खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि देवघाट देवपुरले उचालेको छ। प्रतियोगितामा सहभागी ४७ टिमलाई पछि पार्दै पुरुष तर्फको उपाधि देवघाट देवपुरले उचालेको हो। महिलातर्फको उपाधि भने नवलपुरका कावासोती कोल्होवले उचालेको छ। 

images

174665339_506574020499407_1838495304973738698_n.jpg

खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा चितवन, नवलपुर,गोर्खा र तनहुँ जिल्लाको गरि पुरुष तर्फको भलिबल खेलमा ४७ टिमको सहभागिता र महिला तर्फको भलिबल खेलमा १२ टिमको सहभागिता रहेको सिर्जनाशिल युवा क्लबका अध्यक्ष गणेश गुरुङले जानकारी दिए।

176156936_232200728700284_5901707138923333488_n.jpg

यहीँँ बैशाख १ गते बाट सुरु भएको भलिबल प्रतियोगिताको फाईनल खेल भने  ७ गते भएको थियो। फाइनल खेलमा देवघाट देवपुरले क्वादिलाई  सोझो सेटमा पछि पर्दै उपाधि उचालेको थियो । त्यस्तै महिला तर्फको फाईनल खेलमा नवलपुर कोल्होव कावासोतिले छिपछिपे घण्टा चुलीलाई सोझो सेटमा पछि पर्दै उपाधि उचालेको थियो।

175984598_837706600435055_1708226168254279124_n.jpg

सो खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको प्रथम स्थान हासिल गर्न सफल देवघाट देवपुरलाई नगद ४० हजार सहित मेडल र प्रमाणपत्र, द्वितीय स्थान क्वादिलाई नगद २५ हजार सहित मेडल र प्रमाणपत्र र तृतीय स्थान आयोजक सिर्जनाशिल युवा क्लबलाई नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। 

176368143_1090639634757250_3301039177580416249_n.jpg

यस्तै महिला तर्फ प्रथम स्थान हासिल गर्न सफल कोल्होवलाई नगद १५ हजार मेडल र प्रमाणपत्र, द्वितीय स्थान छिपछिपे घण्टा चुलीलाइ नगद १० हजार सहित मेडल र प्रमाणपत्र र तृतीय स्थान हुन सफल देवघाटलाई नगद ५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। 

साथै पुरुष तर्फको उत्कृष्ट खेलाडी गितानगरका दुर्ग बहादुर थापा र महिला तर्फको उत्कृष्ट खेलाडी कोल्होवका जमुना राईमगर बनेका थिए भने अनुशासित खेलाडी भने देवघाट देवपुरका चित्र थापामगर र प्रेम थापा बनेका थिए।

176715731_1049697248773339_1959602220580754082_n.jpg

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल टिमलाई  पुरस्कार वितरण भने कार्यक्रमका प्रमुख अतिथि देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको थियो।

174398305_162392242462987_346255401406731359_n.jpg

प्रतियोगिता सँगै आयोजित बृहत साँकृतिक कार्यक्रममा लोक दोहोरी गित प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं चर्चित राष्ट्रिय लोकदोहोरी गायक अमर बिरहि गुरुङ, चर्चित राष्ट्रिय लोक दोहोरी गायक राजु परियार, चर्चित राष्ट्रिय लोक दोहोरी गायिका डिला बि.क. राष्ट्रिय लोक दोहोरी गायक हिमकुमार थापा मगर र राष्ट्रिय लोक दोहोरी गायिका सपना परियार लगाएत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेकोे थियो।

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - २२:३४:१५ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology