Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुग्लिन–पोखरा सडक स्तरोन्नतीको लागि एडिबि र नेपाल सरकार बिच २२ अर्ब ३५ करोडको सम्झौता

मुग्लिन–पोखरा सडक स्तरोन्नतीको लागि एडिबि र नेपाल सरकार बिच २२ अर्ब ३५ करोडको सम्झौता

मुग्लिन–आँबुखैरेनी सडक खण्डमा वारी पारी नै सडक बन्ने

इच्छाकामना न्युज

३, कार्तिक २०७७
मुग्लिन–पोखरा सडक स्तरोन्नतीको लागि एडिबि र नेपाल सरकार बिच २२ अर्ब ३५ करोडको सम्झौता

काठमाण्डौ, ३ कार्तिक । एसियाली विकास बैंक (एडिबी) ले बैंकले पोखरा–मुग्लिन सडकखण्ड स्तरोन्नतिका लागि नेपाल सरकारसँग सम्झौता गरेको छ । २२ अर्ब ३५ करोड रुपैयाँ लागतमा ५ वर्षभित्र काम सक्ने गरी अर्थ मन्त्रालयसँग सम्झौता भएको हो ।

images

सम्झौतापत्रमा एडिबी बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरेका छन् । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत उपलब्ध हुने उक्त ऋण ८१ किलोमिटर लामो मुग्लिन–पोखरा सडकको पोखरा–आँबुखैरनीखण्डलाई ४ लेन विस्तारमा उपयोग गरिनेछ ।

मुग्लिन–पोखरा खण्ड सन् २०२५ सम्म निर्माण सम्पन्न हुनेछ । नेपाल सरकारले पनि साढे ५ अर्ब लगानी गर्ने यो सडकको बाँकी ८ किलोमिटर खण्ड पनि मर्मत हुनेछ ।

मुग्लिन पोखरा सडक खण्डमा दैनिक ७ हजार ४ सय गाडी आवतजावत गर्छन् । अहिले उक्त सडक साँघुरो तथा गुणस्तर कमजोर हुँदा यातायात असहज भएको छ ।

सहरी क्षेत्रमा सडकमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि विशेष पूर्वाधार बनाइने बैंकले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

२० किलोमिटर सडक बजार क्षेत्रमा पर्छ । मुग्लिन–पोखरा सडक खण्डमा पर्ने आँबुखैरेनी, विमलनगर, डुम्रै हुँदै पोखरासम्मका १३ ठाउँका घर व्यवस्थापन गर्नुपर्ने अध्ययनले देखिएको छ । १३ सहरका ८ सय ६० घर विस्थापित हुनेछन् भने ३ हजारभन्दा बढी बिजुलीका पोल हटाउनु पर्नेछ ।

विस्थापित हुने घरलाई क्षतिपूर्तिसहित हटाइनेछ । यो बीचमा ३ सय ५० रुख काट्नुपर्ने छ । बिजुलीका पोल सार्न पनि समस्या आउन सक्छ । गण्डकी प्रदेश सरकारको विशेष सहयोग आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

यसबीचमा ६२ वटा पाइप कल्भर्ट, २ सय ३० वटा स्ल्याब कल्भर्ट, ८ वटा साना, ठूला पुल र ३१ वटा सामान्य पुल रहने छन् । सबैभन्दा ठूलो मादी नदीमा ३ सय १५ मिटर र सेती नदीमा १ सय ८० मिटर लम्बाइका ४ लेनका पुल बन्नेछन् । मुख्य सडक डिजाइनको काम एडिबीले नै गर्नेछ ।

मुग्लिन–आबुखैरनी खण्डमा ६७ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजना पर्छ । जसका कारण सडक फराकिलो बनाउन समस्या पर्ने भएकाले मस्र्याङ्दीको वारि–पारि २÷२ लेनको सडक निर्माण गरिनेछ ।

मुग्लिङ–आँबुखैरनी खण्डमा मस्र्याङ्दी नदी किनार अहिले भइरहेको सडक २ लेन र नदीको अर्को किनार गोरखा क्षेत्रमा २ लेनको सडक निर्माण गर्न अध्ययन भइरहेको छ । विस्तारित सडक दुवैतर्फ ७÷७ मिटरको हुनेछ । १ लेन साढे ३ मिटर चाक्लो हुन्छ । मुख्य सडकको बीचमा डिभाइडर राखिने छ ।

मुग्लिन–पोखरासहित ४ वटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको हो ।

मुग्लिन–पोखरा सडक विस्तार गर्न ठूलो मात्रामा चाहिने ढुंगा, गिटी, बालुवा आसपासकै नदीबाट निकालिनेछ । ग्राभेल गर्न १८ लाख घनमिटर, सडकको बेस निर्माण गर्न ९ लाख घनमिटर, ९३ हजार घनमिटर अरु कामका लागि ढुंगा, गिटी बालुवा चाहिने अनुमान छ ।

मुग्लिन–पोखरासहित ४ वटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको हो ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १८:४७:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology