Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटमा जिल्ला बाहिरबाट आउनेहरु क्वारेन्टाइनमा बस्नु पर्ने

देवघाटमा जिल्ला बाहिरबाट आउनेहरु क्वारेन्टाइनमा बस्नु पर्ने

आशिक राना

१४, बैशाख २०७८
देवघाटमा जिल्ला बाहिरबाट आउनेहरु क्वारेन्टाइनमा बस्नु पर्ने

देवघाट, १४ बैशाख । तनहुँको देवघाट गाउँपालिकामा जिल्ला तथा देश बाहिरबाट आउनेहरु अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । देवघाट गाउँपालिकाको सभा हलमा गाउँपालिका स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको आज मंगलबार बसेको बैठकले गाउँपालिकामा कोभिडको जोखिम कम गर्न जिल्ला तथा देश बाहिरबाट आउनेहरुको लगत संकलन गरि उनीहरुलाई होम क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । 

images

देवघाट प्रमुख धार्मिक स्थल भएको कारण धार्मिक कार्यकोलागि धेरै भक्तजनहरु आउने हुँदा धार्मिक स्थलमा दैनिक नित्य पुजा गर्ने तर नागरिकको भिडभाड हुने विवाह, ब्रतबन्ध, तालिम तथा गोष्ठि र प्रवचनका कार्यक्रमहरु सकेसम्म बन्द गर्ने तर बन्द गर्न नसकिएमा सकेसम्म थोरैको उपस्थितीमा मात्र त्यस्ता कार्यक्रमहरु सम्पन्न गर्न अनुरोध गर्ने निर्णय भएको छ । 

गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो बैठकले सम्पुर्ण संघ सस्था, कार्यालय, व्यपारिक स्थल तथा सार्वजानिक स्थानहरुमा माक्स अनिवार्य लगाउनु पर्ने र भौतिक दुरी कायम गर्नु पर्ने निर्णय समेत भएको छ ।

कोभिड रोकथामको लागि गाउँपालिकाबाट सचेतना मुलक माईकिङ र प्रचार प्रसार गर्ने, बैंक तथा वित्तिय संस्थामा सेवाग्राहीको भिड कम गर्ने, कसैलाई कोरोना पोजेटिभ देखीए होम आईसोलेसनमा बस्ने तर स्वास्थ्य समस्या देखिए भरतपुर, दमौली र पोखराको कोभिड अस्पतालमा पायक पर्ने स्थानमा पठाउने व्यवस्था मिलाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले बताए । 

हाल देवघाट गाउँपालिकामा दोस्रो चरणको पिसिआर परिक्षणमा एकजना कोरोना संक्रमित रहेको र उनको कन्ट्राक ट्रेसिङ्गको पिसिआर बुधबार बिहान ११ बजे गरिने देवघाट गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिए । 

बैठकमा गाउँपालिका उपाध्यक्ष बिमला थापामगर, देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा, देवघाट क्षेत्र बिकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेल, देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछाने लगायतले कोभिड नियन्त्रणमा सबै गाउँपालिकाबासीहरुको सहयोग आवश्यक भएको बताएका थिए ।

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - २२:११:२७ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology