काठमाण्डौं, ४ कार्तिक
नेपालमा मङगलबार थप ३ हजार ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १३ हजार आठ सय ६१ जनाको नमुना परीक्षण गरिएकोमा हजार ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ।
त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय आठ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९६ हजार ६ सय नौ पुगेको छ ।
हाल देशभर ४१ हजार सात सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने चार हजार दुई सय २० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ६५ पुगेको मन्त्रालयले जनाएको छ।