Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धुलिखेल अस्पतालमा कोरोना उपचारको लागि भर्ना हुनुअघि नै २ लाख रुपैयाँ जम्मा गर्नुपर्ने

धुलिखेल अस्पतालमा कोरोना उपचारको लागि भर्ना हुनुअघि नै २ लाख रुपैयाँ जम्मा गर्नुपर्ने

इच्छाकामना न्युज

५, कार्तिक २०७७
धुलिखेल अस्पतालमा कोरोना उपचारको लागि भर्ना हुनुअघि नै २ लाख रुपैयाँ जम्मा गर्नुपर्ने

काठमाण्डौं, ५ कार्तिक
काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाको उपचार गर्न भर्ना हुनुअघि नै २ लाख रुपैयाँ जम्मा गर्नुपर्ने छ।
अस्पतालले कोरोना संक्रमितलाई भर्ना गर्नुअघि दुई लाख रूपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ।
अस्पताल प्रशासनले कात्तिक ३ गते जारी गरेको सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै संक्रमितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्न भनेको हो।

images

अस्पतालले सामान्य लक्षण भएकालाई ५० हजार, मध्य जटिल बिरामीसँग एक लाख र आईसीयूमा राख्नुपर्ने बिरामीसँग २ लाख रूपैयाँ धरौटी माग गरेको छ। त्यसमा औषधि तथा रोग निदानमा प्रयोग हुने जाँच, औषधी र अक्सिजन प्रयोग गरेको खण्डमा थप रकम लाग्ने बताइएको छ।

सामान्य लक्षण भएकालाई दिनमा तीन हजार ५००, मध्य जटिल समस्या भएकालाई सात हजार ५०० र आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई १५ हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ। उक्त रकमबाटै अस्पतालले खाना खुवाउनेछ।

सरकारले कात्तिक २ गतेदेखि कोरोना संक्रमतिको निःशुल्क उपचार नगर्ने जनाएको थियो। अहिले सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरूमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्दै आएको छ।

122002963_10221374369722244_1167709327346664176_n-688x768.jpg

 

images
प्रकाशित मिति :कार्तिक ५, २०७७ बुधवार - ०८:१४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology