Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परिक्षण गरेन गोरखाका स्वाबको नमुना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परिक्षण गरेन गोरखाका स्वाबको नमुना

इच्छाकामना न्युज

५, कार्तिक २०७७
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परिक्षण गरेन गोरखाका स्वाबको नमुना

गोरखा, ५ कार्तिक 
गोरखाका विभिन्न पालिकाहरुबाट संकलन गरेर पठाइएको स्वाबको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले परिक्षणनै नगरि फिर्ता पठाएको छ।
स्वास्थ्य कार्यालय गोरखाले सोमवार जिल्लाका विभिन्न पालिकाबाट संकलन भएको २३४ जनाको स्वाबको नमुना  मंगलवार बिहान काठमाण्डौं पठाएको थियो।
‘सँधै जस्तै कार्यालयको चिठी सहित पठाएकाको स्वाबको नमुना परिक्षणनै नगरि फिर्ता भएको तर किन फिर्ता गरेको भन्ने बारे औपचारिक रुपमा जानकारी नआएको स्वास्थ्य कार्यलयले जनाएको छ।‘पोखराको ल्यावमा नमुनाको चाप धेरै छ भनेर काठमाण्डौं पठाउदा फिर्ता आएपछि अब प्रदेशको ल्याबसँग समन्वय गरेर उतै पठाउने स्वास्थ्य कार्यलयले जनाएको छ।

images

images
प्रकाशित मिति :कार्तिक ५, २०७७ बुधवार - ०९:१९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology