घैरुङ, ५ कार्तिक । गोरखाको शहिद लखन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणमा भएको ढिलाई बारे सुचना जारी गरेको छ। गाउँपालिकाले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता वितरण ढिलाई भएको बारे जानकारी दिदै आज एक सूचना जारी गरेको छ।
गाउँपालिकाले दिएको जानकारी अनुसार नेपाल सरकारको निर्देशानुसार बैंकिङ पहुच पुगेका स्थानीय तहले आर्थिक वर्ष २०७७÷०७८ देखि अनिवार्य रुपमा बैंकिङ प्रणाली मार्फत नै भत्ता वितरण गर्नुपर्ने भएकाले गाउँपालिकाले असोज १६ गते बैठक बसी पहिलो पटक बैंकिङ प्रणाली मार्फत भत्ता वितरण सुरु गरेको हो। जसका कारण खाता खोल्ने पक्रियामा ढिलाई हुदाँ दशैं अघि सबैलाई भत्ता वितरण गर्न सम्भव नभएको गाउँपालिकाले जानकारी दिएको छ। यद्यपी दशैं अघि नै खाता खोलीसकेको लाभग्राहीहरुलाई भने भुक्तानी गरिरहेको गाउँपालिकाले जनाएको छ।
यस्तै नेपाल सरकारले साठी वर्ष ननाघेका एकल महिला र अति अशत्तता अपाङ्ग (ख वर्ग) हरुका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बारे निर्णय गर्न ढिलाई भएकाले पनि गाउँपालिकाले दशैं अघि सबैलाई भत्ता वितरण गर्न नसकेको जानकारी दिएको छ। सूचना दिईएको जानकारी अुनसार दशैं अघि वितरण गर्न नसकेका लाभग्राहीको लागि दशैं विदा लगत्तै वितरण गरिने पनि जनाईएको छ।
(हेर्नुस् सूचना)
