घैरुङ, ७ कार्तिक । गोरखाको शहिद लखन गाउँपलिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलयले आज बिहान गरेको नियमित अपडेट मार्फत गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो।
संक्रमित गाउँपालिकाको वडा नं. १ का २२ वर्षिय पुरुष रहेको निर्देशानलयले जनाएको छ। उनको चितवन मेडिकल कलेज भरतपुरमा गरेको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो। यो सँगै शहिद लखनमा कोरोना संक्रमित हुनेको संख्या ४३ पुगेको छ।