Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

संचारमन्त्री पार्वत गुरुङद्वारा गृहजिल्लामा ‘होम आईसोलेसन किट’ पठाए

संचारमन्त्री पार्वत गुरुङद्वारा गृहजिल्लामा ‘होम आईसोलेसन किट’ पठाए

संचारमन्त्री पार्वत गुरुङद्वारा गृहजिल्लामा ‘होम आईसोलेसन किट’ पठाए
images

काठमाडौ, ७  जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आईसोलेसन किट’ पठाउनुभएको छ । दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री गुरुङले कोभिड–१९ संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा जिल्लाबासीले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्न ‘होम आईसोलेसन किट’सहितको स्वास्थ्य सुरक्षा सामग्री घरघरमा पुुग्ने गरी पठाउनुुभएको हो ।

images
images

“स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको उपस्थितिमा वितरण गर्ने व्यवस्था मिलाइएको सो सामग्री संक्रमितले प्रारम्भिक चरणको उपचार घरैमा बसेर गर्न मिल्ने व्यवस्थासहित पठाइएको हो”, उहाँले भन्नुभयो, “दोलखा हेल्थ फाउन्डेशनको सहकार्यमा जिल्लाका सबै स्थानीय तहमा आवश्यक्ताको आधारमा वितरण गरिनेछ ।”

काठमाडौंबाट पठाइएको औंषधिसहितको सो किटमा चिकित्सकको परामर्शमा संक्रमितका लागि अत्यावश्यक औषधि तथा स्वास्थ्य सुरक्षा सामग्रीहरु रहेका छन् । मन्त्री गुरुङले कोभिड संक्रमण हुुनेबित्तिकै हतास वा निराश हुने अवस्था आएकाले दोलखालीबासीलाई ढुक्क भएर स्वास्थ्यलाभ गर्न सो किटको व्यवस्था गरिएको बताउनुभयो ।

काठमाडौंका अस्पतालमा संक्रमितको चाप बढ्न थालेपछि घरमै प्रारम्भिक चरणको उपचारको व्यवस्थाका लागि आवश्यक परामर्श लिन उहाँले आफ्नै सक्रियतामा दोलखा घर भई काठमाडौंलगायतका देशका विभिन्न भागमा रहेर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहेको सो फाउन्डेशनको स्थापना गर्नुभएको हो ।

मन्त्री गुरुङले दोलखाली जनतालाई कोभिड संक्रमण हुुन नदिन, भए उपचारका लागि परामर्श लिने, अस्पतालमा आवश्यक्त परे उपचारको राम्रो व्यवस्था गर्न सो फाउन्डेशनले काम गर्ने समेत स्पष्ट पार्नुभयो । हरि जिरेल संयोजक रहनुुभएको फाउन्डेशनमा चिकित्सक तथा स्वास्थ्यकर्मी पनि आबद्ध छन् ।

यसैबीच, मन्त्री गुरुङले कोभिड संकट आउन नदिन दोलखाबासी जनताको घरघरमा पुुगेर सेवा दिने स्थानीय सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय प्रशासन, सामाजिक संघ, संस्था,सञ्चारकर्मीसहित सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले जनताको जीवनको सुरक्षा गर्ने दायित्व तीन वटै तहको सरकारले लिएको उल्लेख गर्दै कोभिड वरुद्धको अभियानमा उच्च मनोबलका साथ जुट्न पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

मन्त्री गुरुङले आज दोलखाबासीको नाममा जारी गर्नु भएको अपिलमा भनिएको छ,“घरघरमा पुगि कोभिड संकट समाधानमा लाग्ने स्थानीय सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय प्रशासन, सामाजिक संघ, संस्था, सञ्चारकर्मीसहित सबैलाई धन्यवाद दिन चाहन्छुु । संकटको यस घडीमा दोलखाली जनताको स्वास्थ्य सुरक्षामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछुु ।”

 

images
प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - १९:३४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology