विशेष गरेर टिकटक, फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालमा अरुको गीत गाउँदै भिडियो अपलोड गर्ने सुमुधुर स्वरकी धनी चितवन इच्छाकामनाकी चेली रुपा गुरुङको स्वरमा पहिलो पटक लोक दोहोरी गीत सार्वजनिक हुने भएको छ। उनले पहिलो पटक गाएको ‘मेरो माया कहाँ छ...’ बोलको गीत यहि असोज १६ गते युट्युब मार्फत सार्वजनिक हुने भएको छ।
गायीका रुपा गुरुङलाई अर्का चर्चित कलाकार ईमेज लोक कलाकार सिजन २ पब्लिक च्वाईस अवार्ड विजेता समेत रहेका शित्तल गुरुङले गीतमा साथ दिएका छन्। गीतको लय र शब्द गोर्खाली सर्जक रमेश परियारले गरेका छन्।