Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या हालको भन्दा २ देखि ३ गुणासम्म बढी 

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या हालको भन्दा २ देखि ३ गुणासम्म बढी 

एजेन्सी

८, जेठ २०७८
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या हालको भन्दा २ देखि ३ गुणासम्म बढी 
images

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको वास्तविक तथ्याङ्क जति आधिकारिक रूपमा बताइएको छ त्योभन्दा दुई वा तीन गुणा बढी रहेको बताएको छ । सङ्गठनका अनुसार आधिकारिक रूपमा विश्वभर अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण ३४ लाख जनाको मृत्यु भइसकेको छ ।

images
images

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार आफ्नो वार्षिक प्रतिवेदनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६० देखि ८० लाखबीच हुन सक्ने बताएको छ । प्रतिवेदनकाअनुसार सन् २०२० मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३० लाख बताइएपनि त्योभन्दा १२ लाख बढीको मृत्यु भएको छ ।

‘प्रत्यक्ष रूपमा होस या फेरि अप्रत्यक्ष रूपमा कोभिड–१९ बाट ज्यान गुमाउनेको तथ्याङ्क वास्तविक मृत्युको तथ्याङ्कभन्दा निकै कम छ’, प्रतिवेदनमा भनिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनकी प्रबन्ध निर्देश समीरा अस्माले वास्तवमा मृत्यु हुनेको तथ्याङ्क दुई वा तीन गुणा धेरै हुन सक्ने भन्दै यो तथ्याङ्क ६० देखि ८० लाख रहेको बताउनुभयो । उहाँले तथ्याङ्क कम हुनुमा यसका विभिन्न कारण हुन सक्ने बताउनुभयो । 

images
प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - ०९:०३:०५ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology