Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

धादिङका कम्युनिष्ट पार्टी संस्थापक पुराना नेता शर्माद्वारा आत्महत्या

धादिङका कम्युनिष्ट पार्टी संस्थापक पुराना नेता शर्माद्वारा आत्महत्या

इच्छाकामना न्युज

११, कार्तिक २०७७
धादिङका कम्युनिष्ट पार्टी संस्थापक पुराना नेता शर्माद्वारा आत्महत्या
images

गजुरी, ११ कार्तिक । पुराना वामपन्थी नेता एवम् धादिङका कम्युनिष्ट संस्थापक ७१ वर्षिया मुरारी शर्माले आत्महत्या गरेका छन्। शर्माले सोमबार आदमघाटको पुलबाट त्रिशुली नदीमा हामफाली आत्महत्या गरेका हुन्।
आम संचार समाजको ऐना भएको बताउने शर्मा धादिङको आदमघाट निवासी हुन्। शर्माले सोमबार विजया दशमीको दिन नै आत्महत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार शर्माले गजुरी गाउँपालिका ६ स्थित आदमघाटको पुलबाट दिउँसो ४ बजे त्रिशुली नदीमा हाम फालेका थिए। घटनाको सूचना पाउना साथ आदमघाट सशस्त्र प्रहरीको पोष्टबाट प्रहरि नायब निरिक्षक चुडामणि भण्डारीको कमाण्डमा गएको टोलिले गजुरी बजार नजिकैको पोखरे खोला शर्माको शव निकालेको थियो। 
शर्माले आत्महत्य गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

images
images

images
प्रकाशित मिति :कार्तिक ११, २०७७ मंगलवार - ०८:०७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology