Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त

एजेन्सी

११, कार्तिक २०७७
अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त भएकी छिन् । राष्ट्रपति निर्वाचन अगावै डोनाल्ड ट्रम्पले सिफारिस गरेकी ब्यारेट अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी हुन् ।

images

राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनले ५२–४८ मतमार्फत ब्यारेटलाई न्यायाधीश नियुक्तिका लागि अनुमति दिएका हुन् । ४८ वर्षीया ब्यारेटलाई ह्‌वाइट हाउसमा प्रधानन्यायाधीश जोन रोबर्टले शपथ ग्रहण गराउने छन् ।

रिपब्लिनक पार्टीद्वारा एक कार्यकालमा नियुक्त गरिएकी ब्यारेट तेस्रो न्यायाधीश हुन् । सन् २०१७ मा निल गोरसच र सन् २०१८ मा ब्रेट काभानुग न्यायाधीश नियुक्त भएका थिए ।

एमी नियुक्त भएसँगै अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६–३ को बहुमत भएको छ ।

सोसल कन्जरभेटिककी प्रिय एमीलाई ट्रम्पले उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्तिका लागि मनोनित गरेका थिए । ह्‌वाइट हाउसको रोज गार्डेनमा मनोनयन घोषणा गर्दै ट्रम्पले एमीलाई अतुलनीय उपलब्धि हाँसिल गर्ने महिलाको संज्ञा दिएका थिए ।

माथिल्लो सदनले उनको नाम नाम पारित गरेपछि एमीले सर्वोच्च अदालतमा ८७ वर्षको उमेरमा दिवंगत भएकी न्यायाधीश गिन्सबर्गको स्थान लिएकी छिन् ।

डेमोक्रेटहरुले निर्वाचनअघि खाली भएको न्यायाधीशको नियुक्ति चुनावपछि मात्रै गर्नुपर्ने बताउँदै आएका थिए । तर, राष्ट्रपति ट्रम्पले भने चुनावअघि नै उनको सुनुवाइ हुनुपर्ने बताएका थिए । चार वर्षअघि सन् २०१६ मा भने चुनावभन्दा १० महिनाअघि नै खाली भएको पदमा नियुक्ति गर्न खोज्दा पनि सिनेटमा रिपब्लिकन नेताहरुले चुनाव हुने वर्षमा नियुक्त गर्न नहुने भन्दै रोकेका थिए ।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदै छ । डेमोक्रेटिक उमेद्वार जो बाइडेनले सिनेटले अमेरिकी जनताले आफ्नो नयाँ राष्ट्रपति चयन नगरेसम्म रिक्त न्यायाधीश पदका लागि हुने नियुक्ति प्रक्रिया सुरु नगर्न आग्रह गरेका थिए । संविधानले जनतालाई अदालतमा को न्यायाधीश बन्‍ने भन्‍ने निर्यण गर्ने अधिकार दिएकाले त्यसको सम्मान गरिनु पर्ने बाइडेनले बताएका थिए ।

त्यसका बाबजुद पनि ट्रम्पले प्रक्रिया अघि बढाउन आग्रह गरेपछि माथिल्लो सिनेटले कोनीलाई नियुक्त गरेको हो ।

अमेरिकाको संविधानअनुसार सर्वोच्च अदालतमा न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन् । उनीहरुको फैसलाले बन्दुकदेखि मताधिकार, गर्भपतनसहितका सार्वजनिक जीवनका सबै पक्षमा प्रभाव राख्ने बिबिसीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७७ मंगलवार - ०८:०९:३२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology