चितवन, ११ कार्तिक । आज देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन।
हाल प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहेको छ ।
त्यस्तै बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहने छ ।
त्यस्तै देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ का एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी आज राती प्रदेश १ र बाग्मती प्रदेशका केही भू–भागको मौसममा आंशिक बदली रहने छ ।
देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।