चितवन, ११ कार्तिक
चितवनमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा ज्यान गएको छ।
भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको सोमबार ९ः३५ बजे भरतपुर अस्पतालमा उपचारर क्रममा ज्यान गएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो।
कार्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए। उनमा कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ती पुरुष लामो समयदेखि मुटु र मिर्गौला रागको उपचार गराइरहेका थिए ।
अवस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा राखेर उपचार गरिएको थियो।