Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

किसानको उत्पादन बजार पु¥याउन बजेटमा व्यवस्था 

किसानको उत्पादन बजार पु¥याउन बजेटमा व्यवस्था 

सिआईएन

१७, जेठ २०७८
किसानको उत्पादन बजार पु¥याउन बजेटमा व्यवस्था 

सुसीला श्रेष्ठ  काठमाण्डौ, १७ जेठ । निषेधाज्ञाका कारण उत्पादन बिक्री गर्न नपाएपछि व्यावसायीक किसान मर्कामा परेका छन् । एकातर्फ मल, विउविजन तथा कृषिऔजार सहज उपलब्ध हुन सकेको छैन भने अर्कातर्फ उत्पादित वस्तुले बजार पाएको छैन । बजेटले अनुदानको व्यवस्था गरेपछि केही आसा पलाएको किसानले बताएका छन् ।

images

बाजुराका तिलक जैसी, २ वर्ष देखि व्यवसायीक तरकारी खेती र पशुपालन गर्दै आउनु भएको छ । सरसापट गरेर खोलेको कृषि फार्ममा, पछिल्लो समय कोरोनाको कारण उत्पादित बस्तुले बजार नपाउदा तरकारी कुहिएर गएको छ । खोरमा रहेका ८ सय कुखुरा घाटा खाएर बेच्नु परेको छ ।

व्यावसायीक बाख्रापालन गर्दै आउनु भएका धादिङका तिलक पौडेललाई विक्री वितरणका लागी बजार खुल्ला नहँुदा व्यवसाय सञ्चालनका लागि लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ ।  

जुम्लाका किसान कृष्ण खड्काले १२ वर्षदेखि व्यवसायीक भेडा पालन गर्दै आउनु भएको छ । निषेधाज्ञाका कारण सयभन्दा वढि भेडाको खानपिनको बन्दोबस्त गर्न धौ, धौ भएको छ । विक्री नहुँदा आर्थीक अभाव पनि भएको छ ।

कोरोना र निषेधाज्ञाका कारण किसान मर्कामा परिरहेका बेला किसानलाई लक्षित गर्दै सरकारले आगामी वर्ष कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । बजेटले पहाडी क्षेत्रमा फलफूल, हिमाली क्षेत्रमा व्यवसायिक पशुपालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।

उन्नत बीऊ खरिदका लागी मूल्यको ५० प्रतिशतसम्म अनुदान दिने घोषणा बजेट मार्फत भएको छ । प्रदेश तथा स्थानीय तह मार्फत मेचीनगर, रङ्गेली, रत्ननगर, कागेश्वरी मनहरा, सन्धिखर्क लगायतका १७ स्थानमा कृषि थोक बजार स्थापना गरिने छ । आगामी वर्ष काठमाण्डौंको चोभारमा निर्माणाधिन फलफूल तथा तरकारी हाटबजार सञ्चालनमा ल्याइने पनि सरकारको कार्यक्रम छ।

कृषि केन्द्रीत बजेट आएपछि किसान केही उत्साहित भएका छन् । बजेटले दूध, तरकारी, फलफूल, माछा, मासु लगायत नाशवान् उपभोग्य वस्तुको ढुवानी भाडामा २५ प्रतिशत अनुदानको व्यवस्था पनि मिलाइएको छ। किसानका लागि केही राम्रा कार्यक्रम आएको छ, तर कार्यान्वयनमा भने चुनौती छ । 

images
प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - ०९:२७:०५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology