काठमाण्डौ, १७ जेठ । फिफा विश्वकप २०२२ र एएफसी एसियनकप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली फुटबल टोलीकुवेत पुगेको छ । कुवेतमा नेपालले छनोट चरणका बाँकीतीन खेल खेल्नेछ ।
नेपालीले यही जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । कोरोना महामारीले गर्दा नेपालले घरेलु मैदानमा खेल्नु पर्ने यी खेलहरु एएफसीले कुवेतमा खेलाउन लागेको हो ।
यसअघि ५ खेल खेलिसकेको नेपालले १ जितबाट ३ अंकजोडेको छ र समूहमा पाँच टिममध्ये चौथो स्थानमा छ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली कुवेत गएको हो । गत शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँगको ६–२ ले पराजित भएको थियो ।