Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

यार्सागुम्बा मिसाएर बनाइएको मदिरा बोतलको २८ हजारमा, १७० देशमा निर्यातको तयारी 

यार्सागुम्बा मिसाएर बनाइएको मदिरा बोतलको २८ हजारमा, १७० देशमा निर्यातको तयारी 

इच्छाकामना न्युज

१२, कार्तिक २०७७
यार्सागुम्बा मिसाएर बनाइएको मदिरा बोतलको २८ हजारमा, १७० देशमा निर्यातको तयारी 

काठमाण्डौं, १२ कार्तिक
लामो समयदेखि सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका व्यवसायी गोविन्द अग्रवालले मदिरा उत्पादनको क्षेत्रमा काम थालेका छन्। उनले बिक्की गोयनकासँग मिलेर मदिरा उद्योगको क्षेत्रमा हात हालेका छन्।
लक्ष्मण श्रेष्ठले ‘जैविक सुन’ भनिने हिमाली जडिबुटी ‘यार्सागुम्बा’को नाममा लामो समयदेखि एभरेष्ट हर्ब्स प्रोसेसिङ प्रालिमार्फत काम गरिरहेका थिए।
अग्रवाल र गोयनकाले यसलाई विश्वव्यापीकरण गर्न सकिने आंकलनसँगै आफूहरुले तीनवर्षदेखि लगानी गरेको बताएका छन्। अहिले श्रेष्ठ कम्पनीको अध्यक्ष छन्। अग्रवालले इन्टरनेसनल बिजनेस डेभलपमेन्ट भर्टिकल र गोयनकाले उत्पादनको इनोभेसन तथा रिसर्च एण्ड डेभलपमेन्टको क्षेत्रमा काम गरिरहेका छन्।
औषधीय गुणले युक्त भएकाले अहिले संसारका विभिन्न देशमा यसको उत्पादन लोकप्रीय बन्न थालेको छ । एक वर्षमा ६ हजार लिटरमात्रै उत्पादन हुने एभरेष्ट हब्र्सको क्षमता १२ लाख बोतल पुर्याउने अवस्थामा पुगेको छ।
कलर, फ्लेवर र केमिकलको समिश्रण नभएकाले यसले अन्तर्राष्ट्रिय परीक्षण प्रमाणपत्रसमेत प्राप्त गरेको छ। त्यसैले छोटो समयमै यसले सफलता प्राप्त गर्ने सम्भावना देखिएको छ।
७५० एमएलको बोतलमा आउने यो मदिराको नेपालमा मूल्य ११ हजार रुपैयाँ राखिएको छ। यो नेपालमा उत्पादन भएका सबै मदिरामध्ये महंगो हो। तर, कम्पनीले अब यसको मूल्य बढाउने तयारी गरेको छ।
अफिसियल लञ्च नहुँदै एक डेढ महिनामा कम्पनीले १२ हजार बोतल बिक्री गरिसकेको छ। दुईवटा ब्राण्डमा यार्सागुम्बा मदिरा बजारमा आएको छ। प्रिमियमको मूल्य झण्डै २८ हजार नेपाली रुपैयाँ राखिएको छ।
१ सय ७० देशमा लैजाने लक्ष्य भए पनि हाललाई ६ महिनाभित्र २० मुलुकमा लैजाने लक्ष्य भएको कम्पनीले जनाएको छ।

images

images
प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - १८:१४:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology