Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

देवघाट गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न, स्वतन्त्र युवाहरुको १४ बुदे माग पुरा हुने

देवघाट गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न, स्वतन्त्र युवाहरुको १४ बुदे माग पुरा हुने

करिश्मा गुरुङ

२२, जेठ २०७८
देवघाट गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न, स्वतन्त्र युवाहरुको १४ बुदे माग पुरा हुने
images

देवघाट, २२ जेठ । तनहुँको देवघाट गाउँपालिकामा अबैध रूपमा  गिट्टी वालुवा उद्खनन् भै विकृति बढेको भन्दै युवाहरूले गरिएको आन्दोलनलाई मध्यनजर गर्दै गाउँपालिकाको  कार्यपालिका बैठक सम्पन्न भएको छ। गाउँपालिकामा विकृति बढेको भन्दै देवघाटका स्वतन्त्र युवाहरुको समूहले बिहिबार विभिन्न १४ बुदे माग राख्दै आन्दोलनको सुरुवात गरेका थिए। सोहि युवाहरुको मागलाई सम्बोन्धन गर्नका लागि बिहिबार कार्यपालिका बैठक सम्पन्न भएको हो। 

images
images

कार्यपालिकाको बैठकले युवाहरुको मागको सबै बुँदाहरूको सम्बोधन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष याल बहादुर गुरुङले जानकारी दिए। कार्यपालिका बैठकको निर्णय स्वतन्त्र युवा समूहलाई सुनाउदै युवाहरुले राखेका सम्पूर्ण मागहरु प्रक्रिया पुर्‍याई पुरा गरिने प्रवक्ता गुरुङले बताए। 

यस्तै स्वतन्त्र युवाहरूले गरेको यो कामलाई सराहनीय भएको भन्दै धन्यवाद गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले धन्यवाद व्यक्त गरे। साथै थापाले आगामी दिनहरूमा  यहाँका स्थानियहरूलाई बढी प्राथमिकता दिदैँ सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाए।

स्वतन्त्र युवा समुहले बिहिबार भनेको २४ घण्टाभित्र माग सम्बोधन हुनुपर्छ भन्ने माग पूरा भएको युवाहरूले बताएका थिए, भने सम्पूर्ण युवाहरूले आगामी दिनहरूमा फेरि यस्तै कार्यहरू दोहोरिएको खण्डमा स्थानिय सरकारसँग युवाहरू जति नराम्रो अरू कोहि नहुने बताएका थिए।

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - ०९:२६:२७ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology