Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

महन्थ–महतो पक्ष सरकारमा गएसी उपेन्द्र यादव रातारात पुगे जनकपुर, प्रदेश सरकार हेरफेरको तयारी

महन्थ–महतो पक्ष सरकारमा गएसी उपेन्द्र यादव रातारात पुगे जनकपुर, प्रदेश सरकार हेरफेरको तयारी

इच्छाकामना न्युज

२२, जेठ २०७८
महन्थ–महतो पक्ष सरकारमा गएसी उपेन्द्र यादव रातारात पुगे जनकपुर, प्रदेश सरकार हेरफेरको तयारी
images

जनकपुरधाम, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव प्रदेश-२ मा सत्ता समीकरण परिवर्तन गर्न जनकपुर रातारात पुगेका छन् ।

images
images

अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएपछि अर्का उपेन्द्र पक्षले असन्तुष्टि जनाएको छ ।

शुक्रबार महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भए लगत्तै उपेन्द्र यादव प्रदेश(२ मा सत्तासमीकरण परिवर्तन गर्न सक्रिय भएका हुन् । उनले प्रदेशमा पूर्व राजपाका मन्त्रीलाई हटाएर माओवादी केन्द्र र नेपाली कांग्रेसलाई ल्याउन छलफल सुरु गरेको बुझिएको छ ।

तत्कालीन राजपा र संघीय समाजवादी फोरमले प्रदेश(२ मा सरकार बनाएको थियो । पछि दुवै पार्टी एकीकरणपश्चात् जसपा बन्यो । पछिल्लो सयम पुनः पार्टी दुई समूहमा विभाजित भएको छ ।

शुक्रवार यादवले काँग्रेस उपसभापति विमलेन्द्र निधीसँग भेट गरेका थिए । निधीले मुख्यमन्त्री दिएपछि मात्र सरकारमा सहभागी हुने बताएका थिए । शुक्रबारै कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतसँग छलफल गरेपछि काँग्रेस प्रदेश सरकारमा सहभागी हुन तयार भएको एक साँसदले बताए ।

केन्द्रमा बनेको गठबन्धन अनुसार उपेन्द्र यादव पक्षले माओवादी केन्द्रलाई पनि प्रदेश सरकारमा ल्याउने छलफल चलाएको छ । माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने बुझिएको छ ।

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - १४:४७:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology