Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मलको अभाव नहुने सरकारको दाबी 

मलको अभाव नहुने सरकारको दाबी 

इच्छाकामना न्युज

२६, जेठ २०७८
मलको अभाव नहुने सरकारको दाबी 

काठमाण्डौ, २६ जेठ । सरकारले यस पटक धानका लागि चाहिने मलको अभाव नहुने बताएको छ । धानका लागि चाहिने डिएपी र युरीया मल पुग्ने गरी बितरण गरिने मल बिक्री वितरण गर्दै आएको कृषि साम्रगी कम्पनी लिमिटेडले जनाएको छ ।

images

अहिले देशभरका ४६ सय सहकारी संघ संस्थाबाट मल वितरण भइरहेको कृषि साम्रगी कम्पनी लिमिटेडका प्रवक्ता विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभयो । अहिले दैनिक झण्डै २५ सय मेट्रिकटनको हाराहारीमा मल विक्रि भइरहेको छ ।

धान रोप्ने बेला चाहिने डिएपी मल ४६ हजार मेट्रिकटन कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट्र टे«डिङसँग रहेको हुनाले यसको अभाव नहुने प्रवक्ता पोखरेलको दाबी छ ।

त्यस्तै युरीया मल अहिले सरकार संग ३२ हजार मेट्रिक टन रहेको र ५५ हजार मेट्रिक टन चिन र बंगलादेश बाट आउने क्रममा रहेको पनि प्रवक्ता पोखरेलले बताउनुभयो धान खेतिका लागि मात्र डिएपी,युरीया र पोटास गरी १ लाख ६४ हजार मेट्रिकटन आवश्यक पर्ने कृषि साम्रगी कम्पनी लिमिटेडको तथ्याङ्क छ । 

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - १०:०६:२४ बजे
  • सम्बन्धित विषय:

  • # मल

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology